काठमाडौँ। चालु आर्थिक वर्ष २०८०–०८१ को पहिलो चार महिनामा आयात निर्यातसँगै व्यापारा घाटा पनि घटेको छ। साउन देखि कार्तिकसम्मको आयात निर्यातमा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ३.३४ प्रतिशतले व्यापार घाटा घटेको छ।
समिक्षा अवधिमा आयात निर्यातमा नै कमि आएसँगै व्यापार घाटा घट्न पुगेको हो। यो चार महिनामा ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख७४ हजार रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.७९ प्रतिशतले कम हो। गत वर्षको कात्तिकसम्म ५ खर्ब ३२ अर्ब ६९ करोड १३ लाख ८१ हजारको आयात भएको थियो।
यसैगरी समिक्षा अवधिमा ५० अर्ब ५६ करोड ५३ लाख रुपैयाँ बराबरको बस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ। निर्यात पनि गत वर्षको सोही अवधिको तुलनामा ७.६८ प्रतिशतले कम हो। गत वर्षको पहिलो चार महिनामा ५४ अर्ब ७७ करोड ४३ लाख १६ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो।
यसरी यो ४ महिनामा नेपालले १४५ देशसँग कारोबार गर्दा ४ खर्ब ६१ अर्ब ९३ करोड ८० लाख रुपैयाँ ब्यापार घाटा भएको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा नेपालको ब्यापार घाटा ४ खर्ब ७७ अर्ब ९१ करोड थियो।
